एजेन्सी - कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म मृतकको संख्या ३० हजार ८ सय ५१ पुगेको छ ।

संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ भने निका भएर घर फर्किनेको संख्या १ लाख ४१ हजार रहेको छ ।

संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।