काठमाडौं - २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । योसँगै नेपालले कांस्य पदकमा चित्त बुझाएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भयो । भारतले पहिलो हाफमा ३१–१७ र दोस्रो हाफमा १७–७ को अग्रता बनाएको थियो ।

गत संस्करणको १९औँ एसियन गेम्समा पनि नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो । त्यतिबेला पनि नेपाली टोलीले कांस्य पदक जितेको थियो ।

यसपटक समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हारेको थियो । अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो ।

जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए ।