काठमाडौं - सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ ।

रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

सरकारले धेरै भीडभाड हुने स्थल पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।

यस्तै, सरकारले वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । सिनेमा हल, रंगशाला, जीम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, डान्सबार तथा क्लब आदि बन्द गर्ने निर्णय गरेको छ ।

निर्णयहरूः