काठमाडौं - नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि रहेका खड्कीले सोमबार साँझ सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनले आफू चार दशकदेखि नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताएका छन्।

कांग्रेस सभापतिमा यसअघि गगन थापाको उम्मेदवारी चर्चामा रहे पनि मंगलबारसम्म उनले उम्मेदवारी दर्ता गराएका छैनन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ प्रतिनिधि सहभागी हुँदैछन् । 

केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्मको समय तोकिएको छ।