काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पद नयाँ रूपमा थप गरिएको हो।
पार्टीको सांगठनिक संरचनामा सभापतिपछिको वरीयतामा रहने गरी व्यवस्था गरिएको यो पदमा शर्माको उम्मेदवारीलाई महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

.gif)


