काठमाडौं - आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ । 

क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस गरेको हो ।  गत निर्वाचनमा पनि खड्का यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा भने एमालेका ध्रुव शाहीसँग खड्का पराजित भएका थिए ।