विशेष समितिको छानबिन: अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण नभेटिएको निष्कर्ष
काठमाडौ - संसदीय विशेष समिति करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण नभेटिएको निष्कर्षमा पुगेको छ ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबमा रिकभर गरिएको सीसीटीभी फुटेज हेरेपछि समिति यस्तो निष्कर्षमा पुगेको हो । मंगलबार समितिले रिकभर भएको फुटेज हेरेको थियो ।
समितिमा रहेका एक सदस्यका अनुसार बजेट निर्माणको समयमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टीहुने कुनै प्रमाण भेटीएन । उनका अनुसार समितिले अहिले सम्म गरेको खोज अनुसन्धानबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा 'निर्दोष नै रहेको' देखिन्छ ।
तत्कालीन अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको थियो ।
प्रतिपक्षदल नेकपा एमालेले निरन्तर बिरोध गरेपछि प्रतिनिधिसभाले छानबिनका लागि २२ असारमा संसदीय विशेष समिति गठन गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस