पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना पुष्टि, १६ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-०३ ०३:४० मा प्रकाशित
Total Shares: 302
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४१ हजार ३९२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस