काठमाडौं  - काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्वारेन्टाइन स्थल बनाइने भएको छ ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

क्वारेन्टाइन स्थलको लागि उपत्यकाभित्रका होटेल, होस्टल, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने भएको छ । उक्त क्वारेन्टाइन स्थललाई आवश्यक परेको खण्डमा अस्थायी अस्पतालमा समेत परिणत गर्न सकिने निर्णय गरेको हो ।