काठमाडौं - चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ ।

मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको टेलिफोन संम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले थप २० लाख डोज कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जानकारी दिएको हो । चिनले यसअघि पनि नेपाललाई कोरोना खोप अनुदान दिएको थियो ।

टेलिफोन कुराकानीमा खड्का र यीबीच  दुईपक्षीय सम्बन्ध, सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्कलगायत विषयमा कुराकानी भएको बताइएकाे छ ।