हेटौँडा - बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । नेकपा र राप्रपा दलको समर्थनमा प्रदेश प्रमुखले थापालाई नियुक्त गरेका हुन् ।

सरकार गठन प्रक्रियामा सामेल भएको विषयमा राप्रपामा विवादबीच बागमतीमा नयाँ सरकार बनेको छ । आजैमात्र राप्रपा कार्यसम्पादन समिति बैठकले पार्टी निर्णयविपरीत कदम चालेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई संसदबाट पदमुक्त गर्ने र पार्टीको साधारण सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

केन्द्रको निर्देशनविपरीत थापा नेतृत्वको सरकारमा राप्रपाबाट ३ जना मन्त्री बन्दै छन् । नयाँ मन्त्रीहरूको आजै शपथको तयारी छ ।