काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरिएको विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। त्यसअघि बिहान ११ बजे केन्द्रीय अनुशासन आयोगको बैठकसमेत बोलाइएको थियो।

.gif)


