काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो ।
जसअनुसार सुनको मूल्य आज ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो ।
जसअनुसार चाँदी पनि आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार हालसम्म नेपाली बजारमा सुनको सबैभन्दा उच्च मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यस्तै चाँदीको मूल्य पनि तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ।

.gif)


