नेको इन्सुरेन्सले शुभारम्भ गर्यो इन्सुरेन्स सोलुसन एप,अब अनलाइनबाट बीमालेख लिन सकिने
काठमाडौं - निर्जीवन बीमा कम्पनी नेको इन्सुरेन्सले इन्सुरेन्स सोलुसन एपको शुभारम्भ गरेको छ । नेको इन्सुरेन्सले नेपालको निर्जिवन बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुर्याउदै आएको कम्पनी हो । इन्सुरेन्सले वर्तमान समय सुहाउँदो अनलाइनबाट बीमालेख लिन सकिने (Insurance Solution App) इन्सुरेन्स सोलुसन एपको सुरुवात गरेको छ । उक्त एपबाट बीमा गर्न चाहाने ग्राहकले घरमै बसेर आफ्नो घर, सवारी साधन र विदेश जाँदा गरिने (Travel Medical Insurance) ट्राभल मेडिकल इन्सुरेन्स गर्न सक्ने तथा बीमा दाबीको लागि पनि जानकारी गराउन सकिने कम्पनीले जनाएको छ ।
शुक्रवार आयोजित एक समारोहका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले (Insurance Solution App) इन्सुरेन्स सोलुसन एपको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमक संघका अध्यक्ष, जीवन बीमक संघ नेपालका उपाध्यक्ष, विभिन्न बैंक बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभिन्न व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रमम नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यता एवम् नेको इन्सुरेन्सका संचालक श्री प्रताप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस