काठमाडौं - फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका बलिउड निर्देशक मधुर भण्डारकर ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमै पुगेका थिए । २०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन् । 

तर, खुसी त्यतिवेला निशारामा परिणत भयो, जब ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको मधुरले पत्तो पाए । मधुरलाई प्रेगनेन्सीको खबर एक न्युज च्यानलबाट मिलेको थियो ।

फिल्मको सिनमा अभिनेत्रीले स्मोक गर्नुपर्ने थियो । अन्य त्यस्ता सिन पनि थिए, जसले गर्भवती महिलालाई हानि पु(याउन सक्थ्यो । ‘फिल्म उद्योग विश्वासमा चल्छ, जसलाई ऐश्वर्याले तोडेकी थिइन्,’ मधुरले भने, ‘यस्तो थाहा भएपछि म आठ दिनसम्म अफिस गइनँ । हामीले सम्झौता रद्द गयौँ, यही कारण म डिप्रेसनमा गएँ ।’ यस फिल्म बनाउनका लागि मधुरले डेढ वर्षसम्म त रिसर्च नै गरेका थिए ।