मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो
खबर एक्सप्रेस
२०८२-०९-०५ ०१:२८ मा प्रकाशित
Total Shares: 38
जनकपुरधाम-मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाम टुङ्गो लगाइएको छ।
सात राजनीतिक दलको आज बसेको बैठकले उनको नामको टुङ्गो लगाएको हो ।
मधेस प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय रहेको छ। मधेस प्रदेश सभा सचिवालयले ३ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने समय कार्यतालिका सार्वजनिक गरेको छ।
समय कार्यतालिका सार्वजनिक गरेपछि दलहरूको बसेको बैठकले यादवको नाउँमा टुङ्गो लगाएको हो। आज दिउसो करिब १ बजे उनले उम्मेदवारी दर्ता गराउनेछन्।
मधेस प्रदेश सभाका सभामुख रहेका रामचन्द्र मण्डललाई पदआश्रम नगरेको भन्दै सभामुख पदबाट हटाइएपछि रिक्त रहेको सभामुखको लागि भोलि निर्वाचन हुँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस