पूर्व सचिव भीम उपाध्यायलाई धरौटीमा छाड्न आदेश
खबर एक्सप्रेस
२०७७-०१-१५ ०३:४५ मा प्रकाशित
Total Shares: 611
काठमाडौं - साइबर क्राइम अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । वैशाख १० मा सामाजिक सञ्जालमा सरकारविरुद्ध जथाभावी लेखेको आरोपमा पक्राउ परेका उनलाई साइबर क्राइमको मुद्दा दर्ता गरिएको थियो ।
सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गराउँदै ५ वर्ष कैद सजाय मागदावी गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस