नवगठित नेकपाको पूर्वपदाधिकारीहरुको बैठक पेरिसडाँडामा
खबर एक्सप्रेस
२०८२-०८-०१ ०५:०२ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बसेको छ ।
आइतबार तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरूको बैठक बसेको हो ।
पार्टीको भावी एजेण्डा र कार्यक्रमहरु तय गर्न उपलब्ध पूर्व पदाधिकारीहरुको बैठक बसेको पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।
बैठकमा प्रदेश-प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने बारे, स्थान र समय तय गर्ने बारे पनि छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस