परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने
खबर एक्सप्रेस
२०७९-०४-२० ०२:२५ मा प्रकाशित
Total Shares: 202
काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन्।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ।
फेसबुक पेज Like गर्नुहोस