सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख
खबर एक्सप्रेस
२०७८-१०-२६ ०९:१३ मा प्रकाशित
Total Shares: 227
काठमाडाैं - अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए ।
जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस