जनकपुर - मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।

संसदमा माओवादीका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने भएपछि राजीनामा घोषणा गरेको हो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।