प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवार मनोनयन दर्ता हुँदै
खबर एक्सप्रेस
२०८२-१०-०७ ०८:०० मा प्रकाशित
Total Shares: 49
काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै छ ।
सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उमेदवार दर्ता गर्दै छ ।
आयोगले उमेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस