काठमाडौं - काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । 

सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा सोमबार दिउँसो देउवाले हस्ताक्षर गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । 

आजै बहुमत सदस्यसहित राष्ट्रपतिको कदमविरूद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने तयारीमा विपक्षी गठबन्धन छ ।