काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए। विपक्षी गठबन्धनले आजै सर्वोच्च जाँदैछ ।  

केही सांसद कारणवश उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए। देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै छन्।

रिटमा हस्ताक्षर गर्ने सांसद :-

१. विराेध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. साेमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवि जैरू

८. सरलाकुमारी यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चाैधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञ सुनुवार

१९. सुरेन्द्र पाण्डे

२०. मुकुन्द न्याैपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा