काठमाडौं - आन्दोलनका कारण रोकिएको प्रहरीको तलब आइतबारदेखि वितरण हुने भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार परिपत्र गरी तलब निकासाका लागि निर्देशन गरेको हो ।

सामान्यतया सरकारी कर्मचारीले २५/२५ गते नै तलब दिने चलन छ । तर, यसपटक आन्दोलनपछि सरकारविहिन अवस्था भएको थियो । शुक्रबार मात्र सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनले कार्यभार सम्हालेकी छैनन् ।

आइतबार प्रधानमन्त्रीले कार्यभार सम्हाल्ने र सानो मन्त्रिमण्डल बनाउने तयारी छ । त्यसपछि प्रशासनिक संयन्त्र पनि सक्रियत हुने अवस्था छ । प्रशासनिक संयन्त्र सक्रिय नभएसम्म कर्मचारीले भने तलब पाउने अवस्था छैन ।

विषम परिस्थितीमा पनि डिउटीमा खटिएका प्रहरीको तलब समेत रोक्दा थप समस्या आउन सक्ने भएकाले वितरणका लागि परिपत्र गरिएको एक उच्च प्रहरी अधिकारीले बताए।