काठमाडौं - संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित मंगलबार न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै नेपाल फर्किएका हुन् ।
उनको सचिवालयका अनुसार उनी बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुका साथै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री बालेन शाहले पनि असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।
उनी भने असोज १० गते नै अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका थिए ।



