बजाजको ‘बजाज पाँचको पन्च’ अफर
काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ अफर ल्याएको छ ।
नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना अनुसार ग्राहकहरूले बजाजको मोटरसाइकल किन्दा पाँच पटकसम्म पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत मोटरसाइकल किन्ने बेलामा एक हजार रुपैयाँसम्मको छुट पाउन योग्य हुने कम्पनीले बताएको छ ।
यसैगरी बजाजको सोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट मोटरसाइकल खरिद गर्ने बेलामा प्रदान गरिनेछ । कम्पनीका अनुसार मोटरसाइकल खरिद प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोस्ट गरेवापतको, सोरुममा गएर मोटरसाइकल रोजेवापतको र खरिदका लागि बुकिङ गर्दा पाइने एक लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रूपमा प्राप्त गर्न सकिनेछ ।
यो अफरको बारेमा अरूलाई रिफर गर्दा र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिङ प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरूप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्नेछ । कम्पनीका अनुसार समग्रमा सोचेर, हेरेर, किनेर, भनेर एवं बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण ‘बजाज पाँचको पन्च’ राखिएको हो ।
फेसबुक पेज Like गर्नुहोस