अडियो विवादमा तानिएका मन्त्री बलरामले भने : 'तत्काल राजीनामा दिन्न'
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस प्रकरणसँग जोडिएको अडियो विवादको विषयमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सो विषयमा स्पष्ट पारेका हुन् । अडियोमा आफूविरुद्ध लगाइएको आरोप असत्य र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
“मन्त्री पद स्थायी होइन,” उनले भने, “सरकार बनेको एक वर्षपछि मन्त्रिमण्डल पुनर्गठन हुने सहमति भएको हो, त्यसमा म पनि पर्न सक्छु।”
उनका अनुसार, स्वार्थ समूहले आफ्नो उद्देश्य पूरा नहुँदा अडियो सार्वजनिक गरेर आफूलाई बदनाम गर्ने प्रयास गरेको हो । “म जतिसम्म मन्त्री रहन्छु, जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नेछु,” उनले दृढता व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस