एजेन्सी - सुजोय घोषको बाउन्ड स्क्रिप्ट प्रोडक्शनको साथ रेड चिलिज एन्टरटेन्मेन्टले अभिषेक बच्चन अभिनित ‘बब विश्वास’को निर्माण गर्नेछन् ।

सुजोय घोषको साथ रेड चिलिजको पछिल्लो फिल्म ‘बदला’ बक्स अफिसमा एकदमै सफल भएको थियो । क्रिटिक्सहरुले पनि फिल्मलाई खुलेर तारिफ गरेका थिए ।

रेड चिलिज अर्थात शाहरुख खानको निर्माण कम्पनीले अभिषेक बच्चनलाई मूख्य भूमिकामा राख्दै यस ‘बब विश्वास’को निर्माण २०२० मा सुरु गर्नेछन् ।

जसको निर्माण टिम गौरी खान, सुजोय घोष र गौरव वर्मा हुनेछन् । यसका साथै फिल्मको सुटिङ २०२० को सुरुवातमा हुनेछ भने फिल्म २०२० मा नै रिलिज गरिनेछ ।