थप १५६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु
खबर एक्सप्रेस
२०७७-१२-१३ ०३:२२ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २४ पुगेको छ । आज कोरोनाबाट थप चार व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२९९ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस