शारीरिक रूपमा सक्षम रहँदासम्म नेतृत्व छाड्दिनँ : केपी ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग जेनजी आन्दोलनपछिको बस्तुस्थितबारे भर्चुअल छलफल गरेका छन् ।
मंगलबार र बुधबारल गरेको भर्चुअल छलफलमा ओलीले तत्काल नेतृत्व नछाड्ने संकेत गरेका छन् । एक प्रदेश अध्यक्षका अनुसार पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ भन्नेमा उनको स्पष्ट सन्देश थियो।
उनले अगाडि भने- ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ। जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु, त्यसमा हामी दायाँबायाँ गर्दैनौँ।
उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए। उनका अनुसार पार्टीभित्र उठेका विषयमा सचिवालयमा खुलस्त छलफल हुने ओलीले प्रदेश र जिल्ला अध्यक्षहरूलाई बताएका छन् ।
एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ। केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस