एमाले नेता पासाङ शेर्पा पक्राउ
खबर एक्सप्रेस
२०८२-०७-१९ ०७:१९ मा प्रकाशित
Total Shares: 20
काठमाडौं - नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । पाटन उच्च अदालतबाट बहुविवाहसम्बन्धी मुद्धामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।
उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्षसमेत हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस