काठमाडौं ,विराटनगर - छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरका कहलिएका कराँते प्रशिक्षक उनका साथी पक्राउ परेका छन्। १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

आफूलाई बलात्कार गरेको उजुरी छात्राले दिएपछि प्रहरीले कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदीलाई पक्राउ गरेको हो। सुवेदी पनि कराँते प्रशिक्षक हुन्।

पक्राउ गरेकाहरुलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ। सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको बताइएको छ।

प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन्।