नेकपा एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
काठमाडौं - नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक शनिबार बस्ने छ । बैठक शनिबार १:०० बजे पार्टी अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुनेछ ।
जेनजी आन्दोलनको घटना छानबिन आयोगको सिफारिसमा ओली पक्राउ परेसँगै पार्टीका नेता रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक जिम्मेवारी सम्हालेका थिए ।
पक्राउ परेसँगै स्वास्थ्य समस्यापछि आराममा रहेका ओली हाल भेटघाट र सीमित गतिविधिमा संलग्न भए पनि पार्टीका औपचारिक कार्यक्रमहरूमा भने सक्रिय रूपमा सहभागी भएका छैनन् ।
फागुन २१ गतेको निर्वाचनमा ठुलो हार योहोरेसँगै ओलीलाई नेतृत्व छाड्न दबाब बढिरहँदा ओलीले बैठक टारिरहेका थिए ।
सोही विषयलाई लिएर यही वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।
बैठक नबस्दा निर्वाचनमा नराम्रो पराजय भोगेको एमालेले हालसम्म निर्वाचनको औपचारिक समीक्षा पनि गरेको छैन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस