उपत्यकामा क्वारेन्टिन थपिँदै
काठमाडौं - विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौं उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टिन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टिन तयार भई सञ्चालनमा आएका छन् ।
गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार काठमाडौंमा ४५०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ७५० गरी दुई हजार तीन सय शøया क्षमताको एकीकृत क्वारेन्टिन सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले काठमाडौं , ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टिन को प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले काठमाडौं मा क्वारेन्टिन को सङ्ख्या कम देखिएकाले काठमाडौँ महानगरलाई भृकुटीमण्डपमा रहेका संरचनामा क्वारेन्टिन सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
यसैगरी थप स्थानको पहिचान गर्न काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्न भनिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस