काठमाडौं - नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका १८ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले २०८३ असोज २८ गते गरेको निर्णयअनुसार बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सञ्चारतर्फका प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवाका लागि सिफारिस भएका प्रहरी कर्मचारीहरूको नामावली नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।

.gif)


