नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 36
काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।
उनकाअनुसार ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने छ ।
'नेपाल टेलिकममा ६६ प्रतिशत संघीय सरकारको सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने, प्राप्त रकम नेपाललाई टेक हब बनाउन प्रयोग गर्नेछौं,' उनले भने ।
सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस