काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता भएको आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । शुक्रबार पहिलोपटक सानेपामा बैठक बस्ने भएको हो । यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर बसेका थिए । पार्टी प्रवक्ता देवराज चालिसेले भने- ‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ ।’
कांग्रेस कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशनपछि पहिलोपटक सभापति गगन थापा सानेपा जाने
खबर एक्सप्रेस
माघ ९, २०८२
३८


.gif)


