जुगल गाउँपालिका होमनारायण अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि
काठमाडौं,सिन्धुपाल्चोक - जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले भनेका छन्, “अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ”
सेवा बन्द
जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिएकी छन् । जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस