थप ९४ जनामा कोरोना पुष्टि, ५५ डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-१२-०४ ०५:२८ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १४ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९५४ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस