मौसमी प्रणालीमा परिवर्तन : कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव
काठमाडौं - मौसमी प्रणालीमा केही परिवर्तन देखिएको छ ।
मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको हो ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमपातको पनि सम्भावना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस