काठमाडौं - सरकारले काठमाडौं  प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्ने भएको छ । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताए । डा. गौतमका अनुसार मन्त्रिस्तरीय बैठकको निर्णय अनुसार उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्न लागिएको हो ।

सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ । साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ ।