जाजरकाेट जीप दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो
खबर एक्सप्रेस
२०७७-०६-२२ ०२:५६ मा प्रकाशित
Total Shares: 501
जाजरकोट - जाजरकोटको जुनीचाँदेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । भे १ ज ९३५ नम्बरको जीप सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो ।
गाउँपालिका अन्तरगत वडा नम्बर १ को औल भीरबाट जीप खेसर दुर्घटना हुँदा गाउँपालिकाको वाड नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही सहित सोही वडाका ६२ वर्षीय कृतिबहादुर शाही तथा खेमराज शाहीको ज्यान गएको थियो । ३२ वर्षीय शाही स्वास्थ्यकर्मी थिए ।
यस्तै दुर्घटनामा जुनीचाँदे ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही, गर्खाकोट मटेलाकी २५ वर्षीय मालिकला बस्नेत तथा छेडागाड नगरपालिका ५ का कर्णबहादुर शाहीको ज्यान गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस