प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
काठमाडौं - सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् ।
प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा बसेकी हुन् ।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
तर संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ डा। मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्। ।
डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।
नयाँ प्रधानन्यायाधीशमा शर्माको नियुक्तिसँगै कायममुकायम खोसिएकी वरिष्ठतम् न्यायाधीश मल्ल २० दिने बिदामा बसेकी हुन् ।
मल्लले आजैदेखि नै लागू हुने गरी बिदाका लागि निवेदन छोडे पनिस्वीकृत भइसकेको छैन ।
अब प्रधानन्यायाधीश डा. शर्माले उनको निवेदनबारे निर्णय लिने छन् ।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा न्यायाधीश मल्ल सहभागी भएकी थिइनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस