अर्थमन्त्री खनाल र उर्जामन्त्री घिसिङको पनि सम्पत्ति छानबिन गरौँ : महेश बस्नेत
काठमाडौं - नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।
आज साईबर व्युरोमा बयान दिए लगत्तै एमाले हेडक्वाटरमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री र उर्जामन्त्रीको सम्पत्ति छानबिन गर्नेकि नगर्ने भनेर प्रश्न गरेका हुन् ।
बस्नेतले भने- ‘भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौं। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं। सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ? कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
उनले सरकारलाई अर्थमन्त्री र उर्जामन्त्री माथि छानबिनको दायरा फराकिलो बनाएर छानबिन गर्नुपर्ने आग्रह गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस