तालिवान लडाकुहरु घरघरमा निशानामा रहेका व्यक्तिहरु खोज्दै
काठमाडौं,एजेन्सी - अफगानिस्तानमा तालिवानले आफ्नो नेतृत्वको सरकार बनाउने तयारी गरिरहेको छ । पुरै अफगानिस्तानलाई केही हप्तामा नै नियन्त्रणमा लिएको तालिवान लडाकुबारे एक रिपोर्ट यस्तो सार्वजनिक भएको छ जसले सबैलाई आश्चर्य चकित पारेको छ ।
संयुक्त राष्ट्र संघले जारी गरेको एक डकुमेन्टमा तालिवान लडाकुले नेटो फोर्स तथा अघिल्लो अफगान सरकारसँग मिलेर काम गरेका व्यक्तिहरुलाई खोजिरहेको छ ।
बिबिसीको रिपोर्टमा भनिएको छ,‘तालिवान लडाकुहरु त्यस्ता व्यक्तिहरुलाई आफ्ना निशानामा राखिराखेका छन् । ती व्यक्तिहरुको घरमा पुगेर उनीहरुको परिवारलाई धम्की दिने काम गर्दै आइरहेका छन् ।’
अफगानिस्तानलाई पुर्ण नियन्त्रणमा लिएपछि तालिवान लडाकुको नेतृत्वले कसैसँग दुश्मनी नसाध्ने जानकारी दिएको थियो ।
उक्त गोप्य डकुमेन्ट जसलाई आरहिप्टो नर्वेजियन सेन्ट फर ग्लोबल एनालिसिसले युएनको इन्टेलिजेन्सलाई बुझाएको थियो ।
उक्त रिपोर्ट तयार पारेका क्रिस्टियन लिलेम्यानले भनेका छन्, अफगानिस्तानमा कैयौँ व्यक्तिहरु तालिवानको निशानामा रहेका छन् । उनीहरुको धम्की स्पष्ट रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस