सुनको मूल्य २ सय रुपैयाँले बढ्यो
खबर एक्सप्रेस
२०७९-१०-०२ १२:३८ मा प्रकाशित
Total Shares: 205
काठमाडौं-सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस