तालिबानले गर्यो सबै अफगानी सरकारी अधिकारीलाई आममाफी दिने घोषणा
खबर एक्सप्रेस
२०७८-०५-०१ ०१:३७ मा प्रकाशित
Total Shares: 418
काठमाडौं, एजेन्सी - तालिबान विद्रोही समूहले अफगानिस्तानका सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको बताइएको छ । मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै तालिबानले सो घोषणा गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ, त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ ।’
अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका मानिसहरुमा अहिले डर तथा आशंका देखिएको छ । यस्तो अवस्थामा तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस