काठमाडौं - सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।  विश्वव्यापी  महामारीका  रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । 

आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालन गर्न पाईने छैन  । लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ।  

त्यस्तै अन्तर्राष्ट्रिय उडान पनि आइतबारदेखि  नै बन्द गरिएको छ। तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुने सरकारले जनाएको छ।  आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराएका थिए ।