काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।

सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका हुन् । 

सोमबार अपराह्न प्रसाईं नेतृत्वको समूह र प्रधानमन्त्री कार्की एवं गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग वार्ता सुरु भएको हो ।

प्रसाईं समूहबाट वार्तामा १९ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो ।